विश्वकप छनोट अघि तीन देशसँग टी-ट्वेन्टी क्रिकेट खेल्दै नेपाल

काठमाडौँ । नेपालले टी-ट्वेन्टी विश्वकपको ग्लोबल छनोट अघि चार देश सम्मिलित टी-ट्वेन्टी सिरिज खेल्ने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले टी-ट्वेन्टी विश्वकपको ग्लोबल छनोट अघि टेस्ट मान्यता प्राप्त देश आयरल्यान्डसहित ओमान, युएई र नेपालको टी-ट्वेन्टी सिरिज पक्का गरेको हो ।

जसअनुसार नेपालले ११ फेब्रुअरीमा ओमानसँग, १२ फेब्रुअरीमा युएई र १४ फेब्रुअरीमा आयरल्यान्डसँग खेल्नेछ । ग्लोबल छनोट १५ फेब्रुअरीदेखि शुरू हुँदैछ । समूह ‘ए’ भित्र पनि दुई समूह बनाइएको छ । जहाँ नेपालले समूह उपसमूह ‘बी’मा ओमान,  फिलिपिन्स र क्यानडासँग प्रतिस्पर्धा गर्दैछ।

उपसमूह एमा आयरल्यान्ड,  बहराइन,  जर्मनी र युएई छन् । नेपालले पहिलो खेल फेब्रुअरी १८ मा ओमानसँग,  फेब्रुअरी १९ मा फिलिपिन्ससँग र फेब्रुअरी २१ मा क्यानडासँग खेल्ने छ। समूहका शीर्ष दुई दुई टोली सेमिफाइनल पुग्नेछन् ।

ती खेलबाट फाइनलमा पुग्ने दुई टोलीले अक्टोबर-नोभेम्बरमा अष्ट्रेलियामा हुने टी-ट्वेन्टी विश्वकपमा स्थान tबनाउनेछन् । प्रतियोगिताका लागि नेपालले सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *