मोबाइल चोरी गर्ने दुई प्रहरी निलम्बित

धनगढी । कैलालीको धनगढीस्थित ग्लोबल मोबाइल ग्यालरीबाट मोबाइल चोरी गर्ने दुई जना प्रहरी निलम्बित भएका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी हवलदार होमबहादुर माल र प्रहरी जवान भरतबहादुर बुढाल निलम्बनमा परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले उनीहरुविरुद्ध चोरीको मुद्दा दर्ता भई पाँच दिनको म्याद थप भएको बताए । म्याद थप हुने बित्तिकै उनीहरू स्वतः निलम्बनमा परेको उनले बताए ।

याे पनि : जब प्रहरीले नै मोबाइल पसलबाट मोबाइल चोरे…

लागू औषधको कारोबार भइरहेको सूचना पाएपछि मोबाइल ग्यालरीमा छिरेका माल र बुढालले मोबाइल चोरी गरेको भिडियो सार्वजनिक भएको थियो । भिडिओ सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय कैलालीले उनीहरूलाई नियन्त्रणमा लिँदै मुद्दा दर्ता गरेको हो ।

भिडियो सार्वजनिक हुनुअघि सोही मोबाइल ग्यालरीबाट निलम्बित प्रहरीले नै लागु औषधसहित तीन जनालाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *