भारतमाथि सहज जित निकाल्दै दक्षिण अफ्रिकाले जित्यो सिरिज

काठमाडाैँ । भारत र दक्षिण अफ्रिकाबिचको तीन खेलको एकदिवसिय सिरिज दक्षिण अफ्रिकाले एक खेल अगावै जितेको छ । शुक्रबार भएको दोस्रो खेलमापनि दक्षिण अफ्रिकाले भारतलाई ७ विकेटले पराजित गर्न सफल भएपछि घरेलु टीम एकदिवसीयमा पनि हाबी भएको हो ।

भारतले दिएको २८८ रनको लक्ष्य दक्षिण अफ्रकाले ११ बल अगावै ३ विकेट गुमाएर पुरा गरेको थियो । टस जितेर पहिलो ब्याटिङ गरेको भारतका लागि ऋषभ पन्तको ८५ तथा केएल राहुलको ५५ रनको अर्धशतकीय इनिङ खेलेका थिए । त्यस्तै सार्दुल ठाकुरको ४० रन र रविचन्द्रन आश्विनको २५ रनको योगदान दिँदा शिखर धवनले २९ भेनकेटे अय्यरको २२ रन बनाउँदै निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २ सय ८७ रनको स्कोर तयार गरेको थियो ।

जवाफमा दक्षिण अफ्रिकालेपनि उत्कृष्ट प्रदर्शन गर्‍यो । ओपनरहरू जनेमन मलान र क्विन्टन डिककले पहिलो विकेटका लागि १३२ रनको साझेदारी गरे । मलानले ९१ रन बनाउँदा डि ककले ७८ रनको इनिङ खेलेका थिए । त्यस्तै कप्तान टेम्बा बभुमाले ३५ रन बनाउँदा एडेन माक्रम र रसिभ भान डेर डुसेनले समान ३७-३७ रनको अविजित इनिङ खेल्दै दक्षिण अफ्रिकाको जित निश्चित गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *