सम्बन्धनका लागि घुस मागेको भन्दै त्रिविका पदाधिकारीको कार्यकक्षमा तालाबन्दी

काठमाडौँ । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले त्रिभुवन विश्वविद्यालयका उपकुलपति, रजिस्ट्रार र शिक्षाध्यक्षको कार्यकक्षमा शुक्रबार तालाबन्दी गरेको छ । जनकपुरस्थित युथ क्याम्पससँग सम्बन्धनका लागि त्रिवि अनुगमन निर्देशनालयका उपनिर्देशकले घुस मागेको भन्दै उनलाई बर्खास्त गर्नुपर्ने माग गर्दै नेविसंघले तालाबन्दी गरेको हो।

नेविसंघको त्रिभुवन विश्वविद्यालय समितिले जारी गरेको विज्ञप्तिमा भनिएको छ– ‘जनकपुरस्थित युथ क्याम्पसलगायतका दर्जनौँ क्याम्पसहरूबाट विश्वविद्यालय पदाधिकारीका नाममा उठाइएको घुस रकम सार्वजनिक गरी दोषीलाई कडाभन्दा कडा कारबाहीको माग गर्दै भ्रष्ट त्रिवि पदाधिकारीलाई विश्वविद्यालयबाट अबिलम्ब बर्खास्त नगरेसम्मका लागि उपकुलपति, शिक्षाध्यक्ष र रजिस्ट्रारको कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरिएको जानकारी गर्दछौँ ।’

पीडित विद्यार्थीको भविष्य सुनिश्चित गर्नुका साथै उनीहरूलाई यथोचित क्षतिपूर्ति दिन पनि नेविसंघले माग गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *