बीओकेका ग्राहकलाई मेडिप्लस अस्पतालमा १० प्रतिशतसम्म छुट

काठमाडौँ । बैंक अफ काठमाण्डू (बीओके)का ग्राहकलाई दुई अस्पतालमा १० प्रतिशतसम्म छुट हुने भएको छ ।

बैंक र मेडिप्लस अस्पताल तथा ट्रमा सेन्टरबिच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्गबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा ग्राहकलाई १० प्रतिशतसम्म छुट दिने सम्झौता भएको हो ।

यस सम्झौतापछि ग्राहकले विभिन्न स्वास्थ्य सेवामा उक्त छुट पाउने बैंकले जनाएको छ । मेडिप्लस अस्पताल तथा ट्रमा सेन्टरले कास्की जिल्लाबाट स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *