टेलिकमले ल्यायाे विभिन्न प्याकेजसहित ‘फोरजी एलटीई नमस्ते वाईफाई’

काठमडौँ । एफटीटीएच उपलब्ध नभएका ठाउँमामा द्रुत गतिको डाटा तथा भ्वाइस सेवा उपलब्ध गराउन नेपाल टेलिकमले फोरजी एलटीई नमस्ते वाईफाई विस्तार गर्ने भएको छ । कम्पनीले यो सेवाका विभिन्न आकर्षक प्याकेजहरु उपलब्ध गराइरहेको जनाएको छ ।

यी प्याकेज आवश्यक डिभाइससहित ग्राहकवर्गलाई सहज रुपले उपलब्ध गराउन टेलिकम र साइबरनेटिक्स प्रालिबीच सम्झौता भएको छ । बुधबार उक्त सम्झौता पत्रमा टेलिकमका प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडी र साइबरनेटिक्स प्रालिका सीईओ जेम्स न्याछ्योले हस्ताक्षर गरेका छन् ।

उक्त वाईफाई सेवा टेलिकमले व्यक्तिगत र सरकारी संस्था गरी दुई प्याकेज उपलब्ध गराउने जनाएको छ ।

कम्पनीका अनुसार व्यक्तिगत प्याकेज अन्तर्गत होम ब्रोडव्यान्ड वेसिक रु. ८०० मा ६० जीबी ३० दिनका लागि उपलब्ध गराउने जनाएको छ । त्यसैगरी १ वर्षका लागि रु. ९ हजारमा ७२० जीबी प्याक उपलब्ध हुने जनाएको छ । यसलाई प्रतिमहिना ६० जीबीको दरले १२ महिनासम्म प्रयोग गर्न सकिन्छ । यी दुवैमा एड अन प्याकको रुपमा रु. ४०० मा १५ दिनका लागि ६० न्द्य प्याक लिन सकिन्छ ।

होम ब्रोडब्यान्ड प्रिमियम अन्तर्गत रु. १ हजार २०० मा १२० जीबी प्याक ३० दिनको लागि उपलब्ध हुन्छ । त्यसैगरी १ वर्षका लागि रु. १३ हजार ५०० मा १ हजार ४४० जीबी प्याक उपलब्ध हुन्छ । यसलाई प्रतिमहिना १२० जीबीका दरले १२ महिनासम्म प्रयोग गर्न सकिन्छ । यी दुवैमा एड अन प्याकको रुपमा रु. ६०० मा १५ दिनका लागि १२० जीबी प्याक लिन सकिन्छ ।

त्यस्तै सरकारी संस्था प्याकेज अन्तर्गत ३ हजार ६५० र २ हजार १०० मा ३० दिनका लागि विभिन्न प्रकारका प्याकेजहरु उपलब्ध छन् । यी प्याकेजबाट अनलिमिटेड डाटा चलाउन सकिन्छ । वार्षिक र अर्धवार्षिक रुपमा एकमुष्ट प्याकेज लिने ग्राहकका लागि निश्चित छुटको समेत व्यवस्था गरिएको छ ।

यो वाईफाई सेवाको प्याकेज र यसको दर सम्बन्धमा विस्तृत जानकारी https://www.ntc.net.np/post/4g-wireless-home-broadband मा उपलब्ध रहेको जनाएको छ ।

हाल देशका अधिकांश स्थानमा फोरजी सेवा पुगिसकेको र घरमा वा कार्यालयमा द्रुत गतिको इन्टरनेट विभिन्न डिभाइसमार्फत चलाउन इच्छुक सेवाग्राहीको संख्या वृद्धि हुँदै गरेकोले यो सेवा प्रभावकारी र आकर्षक हुने अपेक्षा गरेको टेलिकमले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *