आईपीओ निकाल्न ५ कम्पनीले पाए अनुमति

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ)का लागि ५ ओटा कम्पनीलाई अनुमति दिएको छ । झण्डै ५ महिना यतादेखि रोकिएको आईपीओको अनुमति दिने कार्य बोर्डले फेरि सुरु गरेको हो ।

बोर्डको बुधबार बसेको सञ्चालक समिति बैठकले जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड, नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेड, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड, बलेफी हाइड्रोपावर लिमिटेड र ग्रिन भेन्चर लिमिटेडले आईपीओ जारी गर्ने अनुमति दिने निर्णय गरेको बोर्डले जनाएको छ ।

धितोपत्र बोर्डमा अध्यक्ष नहुँदा आईपीओको अनुमति दिने काम हुन नसकेको बताइँदै आएको थियो । तर, बोर्डले अहिले पनि अध्यक्ष नभए पनि बोर्डले नै निर्णय गरेर अनुमित दिएको हो । सर्वोत्तम सिमेन्टको सेयर प्रकरणमा मुछिएपछि सरकारले बोर्डका अध्यक्ष भिष्मराज ढुंगानालाई असोज १९ गते बर्खास्त गरेको थियो । त्यसअघिदेखि अर्थात् १४ साउनपछि नै आईपीओको अनुमति रोकिँदै आएको थियो ।

बोर्डले आईपीओको अनुमति रोक्दा कम्पनीहरुको पूँजी वृद्धिको लक्ष्यअनुसार काम गर्न नसकेको भन्दै कम्पनी सञ्चालक तथा लगानीकर्ताले आईपीओ अनुमति खोल्न बोर्डसँग माग गर्दै आएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *