झण्डै ३३ अंकले बढ्यो नेप्से, पौने ६ अर्बको कारोबार

काठमाडौँ । साताको पाचौँ अर्थात् अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक (नेप्से) दोहोरो अंकले बढेको छ । यस दिन परिसूचक ३२.९६ अंकले बढेर २९३१.२६ बिन्दुमा पुगेको छ । यसअघि बुधबार र मंगलबार सेयर बजार घटेको थियो । साताको अन्तिम दिन भने बढेको हो ।
यस दिन ५ अर्ब ७७ करोड ३१ लाख २० हजार ४ सय ९ रुपैयाँमा १ करोड ५९ लाख ८९ हजार ४ सय ४४ कित्ता सेयर खरिदबिक्री भएको छ ।

कारोबारमा आएका मम्पनी मध्ये १६० कम्पनीको सेयर मूल्य बढेको छ । २५ कम्पनीको घटेको छ । ५ कम्पनीको मूल्य भने स्थिर रहेको छ ।

यस दिन जलविद्युत् क्षेत्रका कम्पनीको सेयर मूल्य बढेको छ । मैलुङ खोला र तेह्रथुम पावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेका छन् ।
बुद्धभूमि नेपाल, न्यादी लगायत कम्पनीको सेयर मूल्य समेत बढेका छन् । बोटलर्स नेपाल, नयाँ सारथी लघुवित्त लगायत कम्पनीको सेयर मूल्य घटेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *