ग्वार्को फ्लाइओभर बनाउन आशिष समानान्तर रेलिगेयर जेभीलाई ठेक्का

काठमाडौं । ललितपुरको ग्वार्कोमा फ्लाइओभर बनाउन आशिष समानान्तर जिम्मा आशिष समानान्तर रेलिगेयर जेभी कम्पनीले पाएको छ । सडक विभागअन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले ग्वार्कोमा निर्माण गरिने उक्त फ्लाइओभर बनाउन १७ करोड ६ लाख ८८ हजार रुपैयाँमा उक्त जेभी कम्पनीलाई ठेक्का दिने आशय पत्र जारी गरेको छ ।

उक्त ठेक्काका लागि आह्वान गरिएको बोलपत्रमा एमआर भीम/सगरमाथा जेभी, शर्मा एण्ड कम्पनी, लामा/गोल्डेन गुड जेभी, सूर्य/भ्याली/विकास/ब्रदर्स जेभी, एलिट कन्स्ट्रकसन, अनक/श्रेष्ठ जेभी, तुन्दी/रसुवा/रोशन जेभी, कालिका कन्स्ट्रक्सन, आशिष/समानान्तर गरी ९ कम्पनीले आवेदन दिएका थिए ।

यी मध्ये आशिष समानान्तर छनोट भएको हो । गत असारको अन्तिम साता केन्द्रले ठेक्का आहुवान गरेको थियो । अनुमानित लागतभन्दा ३८ प्रतिशत कम मूल्यमा उसले ठेक्का हात पारेको हो ।

उक्त आयोजना इन्जिनियरिङ–प्रोक्युरेमेन्ट–कन्स्ट्रक्सन (ईपीसी) मोडलमा निर्माण गर्नुपर्ने छ । यो मोडेल अनुसार ठेक्दार कम्पनीले नै आयोजनाको इन्जिनियरिङ डिजाइन तयार गर्ने, आवश्यक सेवा तथा सामग्री खरिद गर्ने र निर्माण गर्ने काम गर्नुपर्ने छ ।

आयोजना अन्तर्गत चक्रपथको ४ लेनमाथि ३५ मिटरको फ्लाइओभर बनाउनु पर्ने छ । त्यस्तै, बालकुमारीतर्फ २८० मिटर र सातदोबाटोतर्फ १७५ मिटरको ¥याम्पस समेत बनाउनु पर्ने छ । यो आयोजना २ वर्षमा निर्माण सक्ने लक्ष्य लिइएको छ ।

यसले चक्रपथमा चल्ने सवारी र इमाडोल–मंगलबार चल्ने सवारीबीचको क्रसका कारण हुने जाम कम हुने विश्वास गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *