क्रिकेट संघको अध्यक्षमा व्यवसायी थापा विजयी, क्रिकेटर गौचन पराजित

भैरहवा । रुपन्देही क्रिकेट संघको अध्यक्षमा व्यवसायी हरिबहादुर थापा विजयी भएका छन् । भैरहवामा भएको संघको चौथो अधिवेशनमा थापा ६४ मतसहित अध्यक्षमा विजयी भएका हुन् । अध्यक्षको प्रतिस्पर्धामा रहेका क्रिकेटर शक्ति गौचनले ४० मत प्राप्त गरे ।

थापा अटो, होटल, घरजग्गा र स्कूल व्यवसायी हुन् । उनी शुरुमा क्रिकेट खेलेपनि पछिल्लो समय विभिन्न संलग्न छन् । लामो समय राष्ट्रिय क्रिकेट टिमबाट खेलेका गौचन अहिले भैरहवामा क्रिकेट एकेडेमी चलाइरहेका छन् । क्रिकेट संघको निर्वाचनमा थापा र गौचन प्यानल बनाएर प्रतिस्पर्धामा थिए । निर्वाचनबाट उपाध्यक्षमा धिरज अधिकारी क्षेत्री, सचिवमा संजय गुरुङ र कोषाध्यक्षमा निरजप्रताप खाण निर्वाचित भएका छन् ।

संघको महिला सदस्यमा उमा अधिकारी निर्विरोध निर्वाचत भएकी छन् भने अन्य सदस्यमा भरत थापा, विजय सिंह ज्ञवाली, पुनित पोखरेल, निराकार पन्त, शेषमणि चौधरी, प्रथम पराजुली, मनोज भण्डारी, उदय कुमार मल्लिक, कमल पाण्डे र श्रीराम नेपाली निर्वाचित भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *