टी-ट्वेन्टी विश्वकप छनोट खेल्ने नेपाली टिममा सोमपाल र विनोद परेनन्

काठमाडौँ । आईसीसी पुरुष टी-ट्वेन्टी विश्वकपको ग्लोबल छनोट खेल्ने नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिम घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार सन्दीप लामिछानेको कप्तानीमा १६ जना खेलाडी रहेको टिम घोषणा गरेको हो ।

यसपटक टिममा सोमपाल कामी र विनोद भण्डारी परेका छैनन् । यू-१९ का विवेक यादव र लोकेश बम पहिलोपल्ट राष्ट्रिय टोलीमा परेका छन् । जितेन्द्र मुखिया र प्रदीप ऐरी लामो समय पछि टिममा अटाएका छन् । विश्वकप छनोट अन्तर्गत समूह ‘ए को ग्लोबल छनोट फेब्रुअरी १७ देखि २४ तारिखसम्म ओमानमा हुँदैछ । प्रतियोगितामा आयोजक ओमानसहित नेपाल, फिलिपिन्स, क्यानडा, युएई, बहराइन, आयरल्यान्ड र जर्मनी छन् ।

नेपाली टिम
सन्दीप लामिछाने (कप्तान), कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, शरद भेषावकर, करण केसी, आरिफ शेख, कुशल मल्ल, आसिफ शेख, कमल सिंह ऐरी, साहब आलम, अविनाश बोहरा, प्रदीप ऐरी, जितेन्द्रकुमार मुखिया, विवेक यादव, लोकेश बम ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *