नबिल बैंकका अध्यक्ष पौडेलले गभर्नरबाट लिए सपथ

काठमाडौँ । राष्ट्र बैंकका गर्भर महाप्रसाद अधिकारीबाट नबिल बैंकका नव नियुक्त अध्यक्ष उपेन्द्रप्रसाद पौडेलले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

यसअघि पनि बैंकको सञ्चालन समितिको अध्यक्ष रहेका पौडेललाई ३० पुसको सञ्चालनका समितिको बैंकले फेरि अर्को कार्यकालका लागि समेत अध्यक्षमा चयन गरेको थियो ।

बैंक सञ्चालक समितिका अध्यक्षले गर्भनरबाट सपथ लिनुपर्ने व्यवस्था अनुसार बुधबार राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटार पुगेर उनले गर्भनर अधिकारीबाट सपथ लिएका हुन् ।

कार्यक्रमा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनरहरु नीलम ढुङ्गाना तिम्सिना र बमबहादुर मिश्र, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकाल, बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट तथा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी साहलगायत उपस्थित थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *