फेरि बढ्याे पेट्राेलियमको भाउ, ग्यासको यथावत्

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य बढाएको छ ।

निगमले बुधबार राती सूचना जारी गर्दै पेट्रोल र डिजेलर मट्टीतेलको मूल्य बुधबार राती १२ बजेदेखि लागू हुनेगरी प्रतिलिटर ३ रुपैयाँ बढाएको जानकारी गराएको हो ।

मूल्य बढेसँगै अब अब पेट्रोल, डिजेलरमट्टितेलको नयाँ खुद्रा मूल्य क्रमशः १३९ र १२२ पर्ने भएको छ ।

त्यस्तै, आन्तरिक हवाई ईन्धनमा साबिकको बिक्री मूल्यमा ५ ले बढाएर प्रतिलिटर १०६ र अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रति लिटर १ सय अमेरिकी डलरले वृद्धि गरी ९९५ अमेरिकी डलर कायम गरिएको निगमले जनाएको छ ।

निगमले खाना पकाउने एलपी ग्यासको भने मूल्य बढाएको छैन । सबैभन्दा बढी घाटा ग्यासमा भए पनि हाललाई मूल्य यथावत राखेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − two =