सन्दीपको हुरिकेन्सविरुद्ध म्याक्सवेल रेकर्डेड इनिङ

काठमाडौँ । ग्लेन म्याक्सवेलले अस्ट्रेलियन बिगबासमा नयाँ रेकर्ड बनाएका छन् । बुधबार नेपाली लेग स्पिनर सन्दीप लामिछाने समिलित होबर्ट हुरिकेन्सविरुद्ध १ सय ५४ रनको अविजित इनिङ खेल्दै उनले बिगबासमा सर्वाधिक व्यक्तिगत स्कोर बनाउने रेकर्ड बनाए ।

उनले ६४ बलमा ४ छक्का र २२ चौका प्रहार गर्दै १५४ रनको अविजित इनिङ खेलेका थिए । जुन बिगबासमा सर्वाधिक रन बनाउने खेलाडीको कीर्तिमान हो । समग्रमा भने उनको यो टी-२० मा नवौं ठुलो स्कोर हो ।

म्याक्सवेलको सानदार इनिङमा मार्कुस स्टोइनिस पनि विष्फोटक देखिएका थिए । दुई खेलाडी चम्किदा हुरिकेन्सविरुद्ध २७३ रनको विशाल स्कोर बनाएका थिए । मेलवर्नले केवल २ विकेट गुमाएर बनाएको २७३ रन रन टी-२० फ्रेन्चाइजको सर्वाधिक ठुलो स्कोर हो ।

उनीबाहेक मार्कुस स्टोइनिसले समेत विष्फोटक इनिङ खेले उनले ३१ बलमा ७५ रन बनाए । नेपाली लेग स्पिनर सन्दीप लामिछाने जारी सिजनमा सर्वाधिक मँहगो रहे । उनले ४ ओभरमा ५२ रन खर्चिएर विकेट विहिन बने । हुरिकेन्सका सबै बलर मँहगो सावित भएका थिए । जवाफमा हुरिकेन्स १६७ रन मात्र जोडेपछि स्टार्सले १०६ रनले जित हासिल गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *