महालक्ष्मी विकास बैंकद्वारा शैक्षिक सामाग्री सहयाेग

काठमाडौँ । महालक्ष्मी विकास बैंकले ललितपुर महानगरपालिका–१४ लोहाचोकमा रहेको चोइना विणा गुरु गणेश आधारभुत विद्यालयलमा अध्ययनरत छात्रछात्रालाई विभिन्न आधारभूत शैक्षिक सामाग्री एवं खानेपानीको आवश्यक उपकरण सहयोग स्वरुप प्रदान गरेको छ ।

‘एक शाखा, एक सामाजिक उत्तरदायित्व कार्यक्रम’ अन्तर्गत बैंकको सातदोबाटो शाखाले उक्त सहयोग गरेको हो ।

विद्यालयमा आयोजित एक विशेष कार्यक्रमबीच उक्त सामाग्रीहरु हस्तान्तरण गरिएको हो । कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक भिमप्रसाद गेलाल एवं विद्यालय सञ्चालक समितिका अध्यक्ष दिनेश अछामीले महालक्ष्मी विकास बैंकले गरेको सहयोगप्रति आभार व्यक्त गरेका छन् ।

विद्यालय एवं बालबालिकाको शैक्षिक स्तरको बिकासमा टेवा पुग्ने बताए । बालबालिकाहरु राष्ट्र निर्माणका आधार भएको बताउँदै सातदोबाटो शाखाका प्रबन्धक प्रसन्न सुबेदीले बालबालिकाको शैक्षिक अभिवृद्घिमा बैंक सधै कटिबद्घ रहेको जानकारी गराए ।

आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्नकार्यक्रमहरु अझै प्रभावकारी रुपमा सञ्चालन गर्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *