वायु सेवा सञ्चालक संघद्वारा उडानमा नयाँ स्वास्थ्य मापदण्ड लागु

काठमाडौँ । नेपाल वायु सेवा सञ्चालक संघले तीव्र गतिमा फैलिरहेको नयाँ भेरियन्टको कोरोना संक्रमणको जोखिम कम गर्न हवाई वायु सेवामा नयाँ स्वास्थ्य मापदण्ड सार्वजनिक गरेको छ ।

संघले सार्जजनिक गरेको नयाँ मापदण्ड अनुसार हवाई जहाभित्र सेनिटाइजरको व्यवस्था गर्नुपर्ने, हरेक उडानपछि जहाज र ब्यागेजहरु निसंक्रमिणीकरण गर्नुपर्ने व्यवस्था गरेको छ ।

त्यस्तै, चेक इन, बोर्डिङ, ब्याग क्लेम गर्ने स्थानहरुमा भिड हुन दिनु नहुने, यस्ता स्थानमा स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने व्यवस्था गरेको छ ।

त्यस्तै, यात्रुले खोप कार्ड अनिवार्य रुपमा देखाउनु पर्ने जस्ता व्यवस्था गरेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 4 =