भेटायो एप : सबैजसो घरेलु सेवा सजिलै पाइने माध्यम

काठमाडौँ । छिटो र सजिलो तरिकाले घरेलु तथा व्यवसायिक सेवा प्रदान गर्न भेटायो एप सञ्चालनमा आएको छ । २०२१ को नोभेम्बरबाट सुरु भएको उक्त एपले हाल काठमाडौं उपत्यकामा आफ्नो सेवा सञ्चालनमा ल्याएको जनाएको छ ।

यस कम्पनीले हाल प्लम्बिङ, किट नियन्त्रण, सवारी साधानको सरसफाइ, लगायतको सेवा प्रवाह गरिरहेको जनाएको छ । निकट भविष्यमै कम्पनीले व्यटिशियन, तथा अन्य सेवाहरु समेत थप्दै जाने वृहत योजना रहेको जनाएको छ ।

भेटायोको शुरुवात खासगरी समयमै कुनै पनि सेवा पाउन धेरै गाह्रो हुने भएको देखेर कम्पनीले उत्कृष्ट सेवा प्रदायकहरूलाई एकीकृत गर्ने र उनीहरूलाई ग्राहकहरूसँग सजिलै जोड्नका लागि सहयोग गर्ने अनलाइन प्लेटफर्मको विकास गरेको जनाएको छ ।

ग्राहकको अमूल्य समयलाई ध्यानमा राखी ग्राहककै घरदैलोमा व्यवसायिक सेवा सजिलै उपलब्ध गराउन यो अनलाइन प्लेटफर्म निर्माण गर्ने निर्णय गरेकाे कम्पनीले जनाएकाे छ । यसमा प्रयोगकर्ताहरूले भरपर्दो र व्यवसायिक सेवा प्रदायकहरूसँग सजिलै जोडिन सक्छन् ।

‘भेटायो’ शब्दले आफ्नो समस्याको समाधान खोज्नुलाई जनाउने कम्पनीले जनाएको छ ।

उचित र पारदर्शी मूल्य प्राप्त गर्न, अनुभवी सेवा प्रदायकहरू छनोट गर्न, सेवामा ३० दिनको ग्यारेन्टी पाउन र विविध प्रकारका सेवाहरु सजिलै पाउन यो एप सहयोगी हुने जनाएको छ ।

एप डाउनलोड गर्नुहोस् आवश्यक विवरणहरूको साथ दर्ता फारम भर्नुहोस् । जसमा नाम, ठेगाना, इमेलआईडी र सम्पर्क विवरणहरू आदि भर्ने वा आफ्नो फेसबुक खाताबाट पनि लग–इन गर्न सक्ने छन् ।

यो एप एन्ड्रोइड प्रयोगकर्ताले गुगल प्लेस्टोर र आईफोन प्रयोगकर्ताको लागि एपस्टोर दुबैमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *