कोभिडविरुद्धको खोप लगाउन भीड (तस्बिरहरू)

काठमाडौँ । काठमाडौं उपत्यकामा कोरोना भाइरस (कोभिड-१९) विरुद्धको बुस्टर डोज खोप लगाउनेहरुको भीड लाग्‍ने गरेको छ । कोरोना संक्रमण बढ्दै गएपछि बुस्टर डोज खोप लगाउनेहरुको भीड लाग्‍ने गरेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले माघ २ गतेदेखि अग्रपङ्क्तिमा काम गर्नेलाई काठमाडौँ उपत्यकाका १९ ठाउँबाट ‘बुस्टर’ डोज लगाउन थालिएको थियो ।

स्वास्थ्य मन्त्रालयका अनुसार वीरेन्द्र सैनिक अस्पताल, नेपाल प्रहरी अस्पताल, सशस्त्र प्रहरी अस्पताल, त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट बुस्टर डोज लगाइँदै छ । यस्तै निजामती कर्मचारी अस्पताल, शुभेक्षा अस्पताल, पिपुल्स डेन्टल अस्पताल, जनमैत्री अस्पताल, गान्डी इन्टरनेशनल अस्पताल, काठमाण्डु मोडल अस्पताल, नर्भिक अस्पताल, नोबेल अस्पताल, बयोधा अस्पताल, शहीद स्मृति अस्पताल, नयाँ बसपार्क र एपेक्स पोलिक्लिनिक जडिबुटीमा पनि खोप लगाइन्छ ।

खोप लगाउनेहरुमा अग्रपङ्क्तिमा काम गर्ने, सरकारी कर्मचारी, जेष्ठ नागरिक, युवा र वैदेशिक रोजगारीमा जानेहरु रहेका छन् । पहिलो र दोस्रो मात्रा जुन खोप लगाएको छ, बुस्टर डोज पनि त्यही खोप दिइने मन्त्रालयले जनाएको छ । बुस्टर डोज लगाउन पूर्णमात्रा खोप लगाएको ६ महिना पूरा भएको हुनुपर्ने छ ।यसैबीच कोरोना संक्रमण बढ्दै गएपछि कोभिडविरुद्धको खोप लगाउनेको पनि भीड बढ्दै गएको छ । खोप केन्द्रहरुमा कोभिडविरुद्धको पहिलो र दोस्रो मात्र डोज लगाउनेको भीड लाग्ने गरेको हो । यसअघि खोप लगाउन छुटेका र उमेर नपुगेकाहरु अहिले खोप लगाइ रहेको जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *