पीएम कप क्रिकेट: एपीएफलाई उपाधि

काठमाडौँ । प्रधान मन्त्रीकप टी–ट्वेन्टी पुरुष क्रिकेट प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले जितेको छ । कीर्तिपुरमा भएको फाइनलमा नेपाल पुलिस क्लबलाई २१ रनले हराउँदै एपीएफ विजेता बनेको हो ।

१ सय ५८ रनको लक्ष्य पछ्याएको पुलिस क्लबले २० ओभरमा ७ विकेट गुमाएर १३६ रन मात्र बनाउन सक्यो । पुलिस क्लबका दिपेन्द्रसिंह ऐरीले ६५ र दिलिप नाथले २३ रन बनाउनुबाहेक अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न नसक्दा मध्यम लक्ष्य पनि भेट्टाउन सकेन । ५४ बल खेलेका दिपेन्द्रले ३ चौका र २ छक्का प्रहार गरे । यस्तै आरिफ शेख १२ रनमा रनआउट भए भने अनिल साहले १० रनको योगदान गरे । अन्य कुनै पनि ब्याट्स्म्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

एपीएफका किशोर महतोले तीन तथा अभिनाश बोहोरा, अमरसिंह राैटेला र दीपक बोहोराले एक एक विकेट लिए ।

प्रतियोगिताको विजेता एपीएफले ५ लाख र उपविजेता पुलिस क्लबले ३ लाख रुपैया पुरस्कार पाउनेछन्। टस हारेर पहिलो ब्याटिङ गरेको एपीएफ १ बल बाँकी छँदा अलआउट हुँदै १ सय ५७ रन बनाएको थियो ।

एपीएफका लागि ओपनिङ ब्याटरहरूले राम्रो प्रदर्शन गर्न नसके पनि पछिल्लो क्रमका ब्याटर क्रिजमा टिक्दा मध्यम स्कोर तयार भएको हो। लोकेश बमले १५ बलमा २७ रन बनाए। त्यस्तै सन्दीप जोराले २४ रन जोड्दा कप्तान शरद भेषावकर १९ रनमा आउट भए। नवौं नम्बरमा ब्याटिङका लागि आएका अमरसिंह रौटेलाले भुवन कार्कीसँग आठौँ विकेटका लागि ४२ रनको साझेदारी गरेपछि एपीएफ केही सम्हालिएको थियो। रौटेलाले १५ बलमा २९ रन बनाए भने कार्की १७ रनमा आउट भए ।

एपीएफलाई मध्यम स्कोरमा समेट्ने क्रममा दिपेन्द्रसिंह ऐरी र सागर ढकालले तीन तीन विकेट लिंदा गुल्सन झाको नाममा २ विकेट रह्यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *