कामना सेवा विकास बैंकले ६ महिनामा कमायो १ अर्ब

काठमाडौँ । कामना सेवा विकास बैंकले चालु आर्थिक वर्ष २०७८/७९ को दोश्रो त्रैमास अर्थात ६ महिनामा कुल सञ्चालन आम्दानी करिब १ अर्ब रुपैयाँ पुगेकाे घोषणा गरेको छ । दोस्रो त्रैमाससम्मको बैंकको वित्तीय विवरण सार्वजनिक गर्दै बैंकले यस्तो घोषणा गरेको हो । याे २१ प्रतिशत भन्दा बढीकाे वृद्धिदर भएकाे बैंकले जनाएकाे छ ।

बैंकले सार्वजनिक गरेका वित्तीय विवरणअनुसार चालु वर्षको दोस्रो त्रैमाससम्ममा बैंकको नाफा भने गत वर्षको तुलनामा ११.८९ प्रतिशतले घटेर ३४ करोड ३६ लाख ८१ हजार रुपैयाँमा समेटिएको छ । गत वर्ष यही अवधिमा बैंकले नाफा ३९ करोड ४७ हजार रूपैयाँ नाफा कमाएको थियो । ६ महिनामा बैंकको वितरणयोग्य नाफा ९ करोड ६७ लाख रुपैयाँ रहेको छ ।

यो अवधिमा बैंकको खुद ब्याज आम्दानी भने बढेको छ । बैंकको खुद ब्याज आम्दानी ३१.६६ प्रतिशतले बढेर ९० करोड ५९ लाख ६० हजार रूपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा ६८ करोड ८० लाख ८९ हजार रूपैयाँ रहेको थियो ।

यो अवधिमा बैंकको सञ्चालन मुनाफा ४१.५१ प्रतिशतले बढेर ४९ करोड ९ लाख ७३ हजार रूपैयाँ पुगेको छ । गएको वर्ष बैंकले यो अवधिमा ३४ करोड ६९ लाख ५६ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो ।

बैंकको चुक्ता पुँजी ३ अर्ब १४ करोड २५ लाख ७७ हजार रुपैयाँ छ । जगेडा कोषमा १ अर्ब ३ करोड ७८ लाख २२ हजार रुपैयाँ रहेको छ । बैंकको प्रतिसेयर आम्दानी २१ रुपैयाँ ८७ पैसा तथा प्रतिसेयर नेटवर्थ १३३ रुपैयाँ २ पैसा रहेको वित्तीय विवरणमा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *