टीईडीएक्स दरबारमार्गले टीईडी टक र क्षेत्रीय कार्यशाला आयोजना गर्ने

काठमाडौँ । गैरनाफामुलक अन्तर्राष्ट्रिय संस्था टीईडीसँग आवद्ध टीईडीएक्स दरबारमार्गले नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको दुई वटा कार्यक्रम आयोजना गर्ने भएको छ । टीईडिएक्स दरबारमार्गले पत्रकार सम्मेलन गरी यस्तो जनाएको हो ।

‘विचासँग नै मानिसको मनोवृत्ति र जीवन परिवर्तन गर्ने शक्ति हुन्छ’ भन्ने मान्यताका आधारमा यस संस्थाले आयोजना गर्ने कार्यक्रममा हरेक क्षेत्रका धारा प्रवाह विचारलाई अभियानकै रुपमा कार्यक्रमहरुमा प्रस्तुत गर्ने, गराउने गर्दै आएको छ ।

संसारका चर्तित धारा प्रवाह विचार प्रवाह गर्ने सक्ने वत्ताहरुको विचार सुन्न ‘टिईडी टक २०२२’ आयोजना गर्न लागेको संस्थाले जनाएको छ । सन् २०२२ को मेमा आयोजना गरिने यो कार्यक्रमा २ अन्तराष्ट्रिय वक्तासहित ६ जनाले प्रतिवक्ता १८ मिनेट वा त्योभन्दा कम समयमा धाराप्रवाह आफ्ना विचार प्रस्तुत गर्ने छन् । विचार फैलाउने यो मञ्चबाट विश्वमा नेपाललाई चिनाउने लक्ष्य रहेको आयोजक संस्थाले जनाएको छ ।

त्यस्तै, विश्व मानचित्रमा नेपालको गौरवमय उपस्थितिलाई अझ प्रगाढ बनाउन टीईडीएक्स दरबारमार्गले ‘टीईडीएक्स नेपाल रिजनल वर्कशप’ कार्यक्रमको आयोजना समेत गर्ने जनाएको छ । उक्त कार्यक्रम सन् २०२२ को अक्टोबरमा आयोजना गरिने र यसमा टीडीएक्सका झण्डै ४०० भन्दा बढी आयोजकहरुलाई काठमाडौँमा भेला गराउने लक्ष्य रहेको संस्थाले जनाएको छ ।

यो संस्था हरेक क्षेत्रबारे मानिसकाे मनाेवृत्ती र जीवन नै परिवर्तन गरिदिन सक्ने प्रबल धाराप्रवाह विचार प्रवाह गर्न सक्ने र त्यस्ताे विचार ग्रहण गर्ने व्यक्तिको साझा अभियान भएको संस्थाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *