दराजको प्रबन्ध निर्देशकमा आँचल कुँवर नियुक्त

काठमाडौँ । अनलाइन बजार दराज नेपालले आँचल कुँवरलाई पहिलो महिला प्रबन्ध निर्देशकको रूपमा नियुक्त गरेको छ । दराजका सीईओ बियार्के मिक्केलसेनले लिन्क्डइनमा यो खबर घोषणा गरेका हुन् ।

‘नेपाली जनताका लागि विश्व–स्तरीय अनलाइन सपिङ अनुभव सिर्जना गर्ने धेरै प्रतिभाशाली पेशेवरहरूको समूहको नेतृत्व गर्ने यो अवसरको लागि म विशेषाधिकार र सम्मानित महसुस गरेको छु,’ नवनियुक्त प्रबन्ध निर्देशक कुँबरले भनिन्, ‘नेपाली इ–कमर्स उद्योगमा दराजको द्रुत बृद्धि र प्रभाव टाढाबाट पनि स्पष्ट देखिन्छ । यसरी, म दराजनेपाललाई घरायसीनाम र हाम्रा सबै ग्राहकहरूको किनमेल आवश्यकताहरूको लागिवान–स्टप समाधानको रूपमा स्थापित गर्नमा भागलिनपाउँदा धेरै उत्साहित महसुस गर्छु। डरजियनको रूपमा, हामीहाम्रो बलियो मूल्यमान्यताहरू र कमर्सको शक्तिमार्फत हाम्रा समुदायहरूलाई उत्थान गर्ने उद्देश्यले तिर लाग्ने कार्य जारी राख्नेछौँ ।’

नेपालमा जन्मिएकी आँचलले कार्लसन स्कुल अफ म्यानेजमेन्टबाट एमबीए, गणित र अर्थशास्त्रमा सेन्ट क्लाउड स्टेट युनिभर्सिटी मिनेसोटाबाट बीएस सकेर १३ वर्ष अमेरिकी कर्पोरेट क्षेत्रमा काम गरेको अनुभव छ ।

यो अवधिमा, उनले कार्लसन वागोनलिट ट्राभल र इ–कमर्स अग्रगामी, अमेजन जस्ता विभिन्न प्रमुख कम्पनीहरूमा समेत काम गरिन्, जहाँ उनले स्वीडेन, पोल्याण्ड, साउदी अरब र इजिप्ट जस्ता नयाँ बजारहरूमा कम्पनी स्थापना गर्न सहयोग गरिन् ।

अमेरिकामा लामो र सफल करियरपछि कम्पनीले बृद्धिको नयाँ चरणमा प्रवेश गरेको बेला आँचलले दराज नेपालको नेतृत्व गर्न लागेकी हुन् । यो पनि एस्तो समयमा छ जब कम्पनीको रिब्रान्डिङ हुँदैछ । उनको नियुक्तिसँगै, दराजका सबै अपरेटिङ देशहरूमा अब स्वदेशी प्रबन्ध निर्देशक (एमडी)हरू रहेको कम्पनीले जनाएको छ ।

दराज समूहका सीईओ र संस्थापक, बियार्के मिक्केलसेनले भने, ‘हामी हाम्रो विकासको अर्को चरणमा अघि बढ्दै गर्दा, हाम्रो ध्यान हाम्रा ग्राहकहरू र बिक्रेताहरूसँग जोड्ने भावना सिर्जना गर्ने हो । म आँचल र हाम्राअन्यदेशका एमडीहरूसँगै काम गर्न तत्पर छु ।’

वर्तमान एमडी लिनो अहलेरिङले सिङ्गापुरको दराज मुख्यालयमा क्षेत्रीय भूमिकामा सरुवा भएपछि आँचलले पदभार ग्रहण गर्ने छिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *