दिगो विकासमा युवा उद्यमीलाई सघाउन ओपोद्वारा यूएनडीपीसँग सहकार्य

काठमाडौँ । ओपो र द युनाइटेड नेसन्स डेभलपमेन्ट प्रोग्राम (यूएनडीपी)को आयोजनामा चीनको सेन्जेनमा द युथ इनोभेशन एक्सिलेरेशन क्याम्प कार्यक्रम सम्पन्न भएको छ । १४ देखि १७ सम्म आयोजना गरिएको थियो । सामाजिक उद्यमीहरुलाई सशक्त बनाउने तथा लगानी, औद्योगिक र शैक्षिक संसाधन तिनको पहुँचमा पुर्याउन सघाउनुका साथै यूएन २०३०एजेन्डा फर सस्टेनेवल डेभलपमेन्ट गोल्स (एसडीजी एस)का लक्ष्य प्राप्ति उद्देश्यका साथ क्याम्पको आयोजना गरिएको थियो ।

पर्यावरण संरक्षण, डिजिटल समावेशिता र स्वास्थ्य तथा कल्याण (वेल बिइङ) मा सघाउने उद्देश्यका साथ कार्याक्रम आयोजना गरिएको ओपोले जनाएको छ । स्र्टाटअपदेखि लिएर ठूलासम्म गरी २० युवा–नेतृत्व सहितका प्राविधिक स्टार्ट–अप्सलाई क्याम्पमा समावेश गरिएको थियो । औद्योगिक सहकार्य तथा लगानीकर्ताहरुलाई पनि ब्यापार विश्लेषण, बजारीकरण, प्रभाव वित्तपोषण र डिजाइन सोच अन्तरगतका सत्रहरुमा बोल्नका लागि आमन्त्रित गरिएको थियो । विभिन्न उद्यमीहरुको मागलाई आत्मसात गर्दै शिविरमा स्र्टाट–अप फेयर र वान–अन–वान मेन्टरिङ जस्ता परामर्शमूलक सत्रहरु पनि समाविष्ट गरिएका थिए । यसले तिनीहरुको ब्यवसायिक मोडललाई थप विकसित गर्न मद्दत पुगेको कम्पनीले जनाएको छ ।

अगष्ट २०२१ मा एक बर्षे पार्टनरशिपमा प्रवेश गरेदेखि ओपो र यूएनडीपीले १ मिलियन सीएनवाई युवा नवाचार अनुदानको स्थापना र युवा उद्यमी तथा सामाजिक नवप्रबर्तकहरुलाई एसडीजीका लक्ष्य प्राप्तिका लागि समाधान उपलब्ध गराउने कार्यमा सघाउन संयुक्त रुपमा विभिन्न तवरमा कार्य गरिसकेको छ । २०२१ नेशनल डायलग चाइनाको एक पार्टनरका रुपमा ८ उल्लेखनीय उद्यमशील परियोजनाहरुका लागि ओपोले ३ लाख सीएनवाई (करिव ४६ हजार अमेरिकी डलर) काे ओपो इन्नोभेशन अनुदान प्रस्ताव गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *