जहाजको ढोका लक नभएको विषय अध्ययन गर्न छानबिन समिति गठन

काठमाडौँ । आइतबार बिहान १० बजे काठमाडौँबाट पोखरा उडेको गुण एयरलाइन्सको १९०० सी–बिचक्राफ्ट जहाजको ढोका खुलेको घटनाको विषयमा छानबिन गर्न समिति गठन भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नागरिक उड्डयन प्राधिकरणका वरिष्ठ उडान सुरक्षा निरीक्षक दधिराम निरौलाको संयोजकत्वमा छानबिन समिति गठन गरेको जनाएको छ ।

समितिमा मन्त्रालयका इलेक्ट्रोनिकल इन्जिनियर नसिव आचार्य, प्राधिकरणका क्याबिन क्रु निरीक्षक सावित्री श्रेष्ठ र एरोनोटिकल इन्जिनियर रितेशराज पन्त रहेका छन्। घटनाबारे सत्यतथ्य पत्ता लगाउन छानविन समितिलाई ३ दिनको समय दिइएको छ ।

गत आइतबार उडानका क्रममा गुण एयरलाइन्सको उक्त जहाजको ढोका लक नभएको जहाजको ककपिटले संकेत गरेको थियो। एयर ट्राफिकले तुरुन्तै जहाज अवतरण गर्न निर्देशन दिएपछि जहाज अवतरण गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *