सिद्धार्थ बैंकका ग्राहकलाई चितवन मिडटाउन रिर्सोटमा छुट

काठमाडौँ । सिद्धार्थ बैंक र चितवनको भरतपुरस्थित चितवन मिडटाउन रिर्सोट प्रालिबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट दिने सम्झौता भएको छ । सम्झौता पत्रमा सिद्धार्थ बैंकका बागमती प्रदेशका प्रमुख दुर्गाराज पाण्डे र चितवन मिडटाउन रिर्सोटका प्रबन्ध निर्देशक मदन घिमिरेले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार बैंकका ग्राहकले चितवन मिडटाउन रिर्सोटमा डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाइल बैैंकिङ वा इन्टरनेट बैैंकिङ प्रयोग गरे बापत होटल बसाई सेवाको भुक्तानी गर्दा १५ प्रतिशतसम्मको छुट र रेस्टुरेन्ट, खाना तथा पेय पदार्थ सेवाको भुक्तानी गर्दा १० प्रतिशतसम्मको छुट पाउने सकिने व्यवस्था छ ।

यो सुविधाले ग्राहकलाई छुटका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान उत्प्रेरित गर्ने विश्वास गरिएको बैंकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *