सेयर बजार १० अंकले घट्यो, ८ अर्बको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार परिसूचक (नेप्से) घटेको छ । मंगलबार नेप्से परिसूचक १०.७८ अंकले घटेर २९३६.६६ विन्दुमा झरेको छ । सेन्सेटिभ परिसूचक भने १.१० अंकले बढेको छ ।

कारोबार रकम भने सोमबारको तुलनामा बढेको छ । सोमबार ८ अर्बको कारोबार भएकोमा मंगलबार ८ अर्बभन्दा बढीको कारोबार भएको छ । यस दिन ८ अर्ब ४४ करोड ३४ लाख १९ हजार ५६१ रुपैयाँ बराबरको १ करोड ६० लाख ४ हजार ५३० कित्ता शेयर कारोबार भएको छ ।

यस दिन कारोबारमा आएका १३ समूहगत सूचक मध्ये ४ समूहगत सूचक सकारात्मक देखिएको छ भने बाँकी ७ उपसमूहको सूचक नकारात्मक देखिएको छ ।

यस दिन सामलिङ्ग पावरको सेयर मूल्य सबैभन्दा धेरै ९.४९ प्रतिशतले बढेको छ भने मध्य भोटेकोशी जलविद्युतको ८.११ प्रतिशत, बुद्धभुमि हाइड्रोपावरको ६.०८ प्रतिशत, प्रभु बैंकको ५.५६ प्रतिशत र बरुण हाइड्रोपावरको ४.६६ प्रतिशतले बढेको छ ।

मानुषी लघुवित्तको सेयरमूल्य सबैभन्दा धेरै ५ प्रतिशतले घटेको छ । कर्पोरेट डेभलपमेन्ट बैंकको ४ ।६२ प्रतिशत, पञ्चकन्या माई हाइड्रोपावरको ४.४७ प्रतिशत, खानी खोला हाइड्रोपावरको ४.४० प्रतिशत र सिन्धु विकास बैंकको ४.२१ प्रतिशतले घटेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *