निगमसँग निख्रियो मौज्दात रकम, इन्धन किन्न ऋण लिनुपर्ने

आयल निगम १९ अर्ब २६ करोड घाटामा

काठमाडौँ । नेपाल आयाल निगमले आफूसँग रहेको नगद सञ्चित बचत पुरै रित्तिएको जनाएको छ । निगमले इन्धन व्यापारमा अर्बौं रुपैयाँ घाटा व्यहोर्दै आउनु परेकोले आफूसँग भएको बचत सकिएको जनाएको हो । विज्ञप्ति जारी गर्दै निगमले चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा १९ अर्ब २६ करोड घाटा व्यहार्नु परेको र आफूसँग रहेको नगद मौज्दात सकिएको जनाएको हो ।

माघ महिनादेखि इन्धन खरिदको रकम भुक्तानी गर्न नसक्ने अवस्थामा पुगेको पनि निगमले जनाएको छ । अब इन्धन खरिद गर्न निगमले ऋण लिनुपर्ने अवस्था आएको जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढ्दै गएपछि त्यसबाट भएको घाटा पूर्तिका लागि निगमले बचतमो रहेको सञ्चित मुनाफा, मूल्य स्थिरिकरण कोषमा दाखिल गर्नुपर्ने दायित्व रकम, कर्मचारी आवसा तथा बोनसलगायत अन्य प्रयोजमा छुट्याइ राखेको रकमसमेत झिकेर इन्डियन आयाल कर्पोरेशनलाई भुक्तानी दिँदैआएको र अब त्यस्तो रकम समेत निख्रिएको जनाएको हो । जनवरी २३ मा आईओसीलाई दिनुपर्ने भुक्तानीका लागि झण्डै २ अर्ब रुपैयाँ अपुग हुने समेत निगमले जनाएको छ ।

यसका लागि ऋण वा निगमको मूल्य स्थिरिकरण कोषको रकम चलाउनुको विकल्प नभएको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *