भिभो २३ ई सार्वजनिक, ‘अल राउण्ड फोटोग्राफी’का लागि उत्कृष्ट

काठमाडौँ । स्मार्ट फोन ब्रान्ड कम्पनी भिभोले ५० मेगापिक्सेल अटो फोकस पोर्ट्रेट सेल्फी फ्रन्ट क्यामरायुक्त भी२३ई सार्वजिनक गरेको छ । यो फोट अलराउन्ड फोटोग्राफीका लागि उपयुक्त भएको कम्पनीले जनाएको छ ।

भी२३ई मा सुधारिएको अटोफोकस तथा रमाइलो पोर्ट्रेट फिचरका माध्यमबाट उच्च गुणस्तरको सेल्फी खिच्ने सुविधा प्रदान गर्ने कम्पनीले जनाएको छ । उक्त फोनमा एआई एक्स्ट्रिम नाइट पोर्ट्रेट मोडले रातमा सेल्फी लिँदा पनि फोटो अँध्यारो नआउने जनाएको छ ।

डबल एक्सपोजर मोड, अपग्रेड गरिएको डुअल–भ्यू भिडियो तथा स्टेडिफेस सेल्फी भिडियो फिचरका कारण यसको फोटो/भिडियो खिच्ने शूटिङ एक्सपेरियन्समा पनि निकै सुधार ल्याइएको जनाएको छ ।

‘भिभोमा हामी सधैं हाम्रा उपभोक्ताको आवश्यकता पूरा गर्नेमा केन्द्रित हुन्छौँ, र हाल सुपथ मूल्यमा शानदार सेल्फीको अनुभव प्रदान गर्ने ह्याण्डसेटको माग निकै बढेको छ’, भिभो नेपालका मुख्य कार्यकारी अधिकृत मिशेलले भने, ‘रमाइलो गर्न र आफ्ना सेल्फ पोर्ट्रेटमा सिर्जनशीलता थप्न चाहनेहरुका लागि उद्योगकै अग्रणी फ्रन्ट क्यामरा तथा इनोभेशनले भरिपूर्ण फिचरहरुयुक्त भी२३ई को डिजाइन गरिएको हो।’

डबल एक्स्पोजर अर्को रमाइलो फिचर रहेको र पातलो डिजाइनयो फोन नेपाली बजारमा लोकप्रिय हुुने कम्पनीले जनाएको छ ।

भिभो भी सिरिजको पछिल्लो संस्करणका रुपमा रहेको भी२३ई नेपालमा १८ जनवरी अर्थात् मंगलबार सार्वजनिक भएको छ। यो डिभाइस २४ जनवरीसम्म प्रि९बूकिङका लागि उपलब्ध छ भने २५ जनवरीदेखि बिक्रीका लागि उपलब्ध हुनेछ।

यसको ८ जीबी र्याम र १२८ जीबी आन्तरिक मेमोरी भेरियन्टको ४४, ९९९ रुपैयाँ तथा ८ जीबी र्याम र २५६ जीबी आन्तरिक मेमोरी भेरियन्टको मूल्य ४९, ९९९ रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *