बागमतीलाई हराउँदै पुलिस क्लब फाइनलमा

काठमाडौँ । नेपाल पुलिस क्लब प्रधान मन्त्री कप टी-ट्वेन्टी पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । मंगलबार भएको पहिलो सेमिफाइनलमा बागमती प्रदेशलाई ५१ रनले हराउँदै पुलिस क्लब फाइनलमा पुगेको हो । पुलिसलाई जिताउन पवन सर्राफ र दिपेन्द्रसिंह ऐरीको प्रदर्शन विशेष रह्यो ।

टस हारेर पहिलो ब्याटिङ गरेको पुलिस क्लबले ५ विकेट गुमाएर १५५ रन बनाएको थियो । पुलिस क्लबका लागि पवनले ५९ रन बनाए । त्यस्तै दिलिप नाथले ३१ र अनिल साहले २५ रनको योगदान गरे । त्यस्तै आरिफ शेखले १२ रनको योगदान दिए। बागमतीका लागि नन्दन यादव र रिजन ढकालले २-२ विकेट लिए ।

१५६ रनको लक्ष्य पछ्याएको बागमती प्रदेशको मध्यक्रम खराब ब्याटिङको सिकार भयो । आदिल खानले २७ तथा कप्तान ज्ञानेन्द्र मल्लले २३ रन बनाउनु बाहेक अन्य खेलाडीको गतिलो प्रदर्शन गर्न सकेनन् । रिजन ढकाल १७ तथा रामनरेश गिरीले २२ रनमा अविजित रहँदा बागमतीले पूरै ओभर खेल्न सकेपनि लक्ष्य भेट्टाउन सकेन ।

बामतीलाई निरीह बनाउन दिपेन्द्रले ५ विकेट लिए । उनले ४ ओभरमा १० रन दिएर ५ विकेट लिएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *