गण्डक–परासी र बुटवल–ज्यामिरे प्रसारणलाइन निर्माण सम्पन्न

परासी र सुनवलका उद्योगलाई राहत

काठमाडौँ । नवलपरासीको परासी र सुनवल औद्योगिक क्षेत्रका उद्योगले व्योहोर्दै आएको विद्युत आपूर्तिको समस्या समाधान भएको छ । गण्डक–परासी ३३ केभी डबल सर्किट र बुटवल–ज्यामिरे ९सुनवल० ३३ केभी सिंगल सर्किट प्रसारणलाइन निर्माण भएपछि विद्युत आपूर्तिको समस्या समाधान भएको हो ।

दुवै प्रसारणलाइन संचालनमा आएपछि परासी र सुनवल औद्योगिक क्षेत्रका विद्युत आपूर्ति समस्या समाधान भएको विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

‘प्रसारण क्षमताले नधानेर पर्याप्त विद्युत आपूर्ति हुन नसक्दा त्यस क्षेत्रका उद्योगले गर्मी मौसमका दिनमा केही समय आलोपालो चलाउनु पर्ने वाध्यात्मक अवस्था थियो । अब उद्योगहरुले माग अनुसार बिजुली पाउँछन्,’ उनले भने, ‘सुनवल क्षेत्रमा सञ्चालित उद्योगहरुलाई विद्युत आपूर्तिका लागि १३२/३३ केभी सुनवल सबस्टेसन निर्माणाधीन छ । सवस्टेशन निर्माण आगामी चैतरवैशाखभित्रमा सकिने छ । त्यसपछि त्यहाँबाट थप ९० मेगावाट विद्युत उद्योगहरुलाई दिन सकिन्छ भने आपूर्ति पनि अझै विश्वसनीय र गुणस्तरीय हुने छ ।’

केही महिना अघि त्यस क्षेत्रको भ्रमण गरी घिसिङले सुनवल क्षेत्रका उद्योगलाई लक्षित गरी बुटवल–ज्यामिरे प्रसारण लाइन तत्काल निर्माण अगाडि बढाउन प्राधिकरण प्रादेशिक कार्यालय, बुटवल र बुटवल ग्रिड महाशाखालाई निर्देशन दिएका थिए ।

१९ किलोमिटर सिंगल सर्किट प्रसारणलाइन निर्माण दुई महिनाभित्र निर्माण सकेर संचालनमा ल्याइएको प्रादेशिक कार्यालय बुटवलका निर्देशक नवराज ओझाले बताए ।

सुनवल क्षेत्रमा लक्ष्मी स्टील्स्,पाल्पा सिमेन्ट, सर्वोत्तम सिमेन्टलगायतका उद्योगहरु सञ्चालित छन् । ती उद्योगहरुले आफ्नो क्षमता बृद्धिका लागि थप विद्युत माग गरेका छन् भने त्यस क्षेत्रमा अन्य नयाँ उद्योगहरु खुल्ने क्रममा रहेका छन् ।

प्राधिकरणले गण्डकमा रहेको १३२र३३ केभी सबस्टेसनबाट परासीसम्म २७ किलोमिटर ३३ केभी डबल सर्किट प्रसारण लाइन निर्माण गरेको हो । ‘अब गण्डक परासीमा रहेको पुरानो र अहिले निर्माण गरिएको दुईवटा सहित ३३ केभीका तीनवटा सर्किटबाट विद्युत आपूर्ति दिन सकिने छ, विद्युत अभावमा परासी क्षेत्रका उद्योग अब आलोपालोमा चल्नु पर्दैन’, ओझाले भने । बर्दघाटबाट १३२ केभी प्रसारण लाइनका साथै आवश्यक परेमा भारतबाट समेत गरी गण्डक सबस्टेसनमा विद्युत आपूर्ति हुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *