पत्रकार महासंघको समिति गठन गर्ने निर्णयप्रति प्रदेश अध्यक्षहरुको विरोध

काठमाडौँ । नेपाल पत्रकार महासंघले गठन गरिएको समितिको महासंघका प्रदेश अध्यक्षहरुले विरोध जनाएका छन् । सोमबार महासंघलाई ध्यानाकर्षण गराउँदै प्रदेश अध्यक्षहरुले महासंघले गठन गरेका र अब गठन गरिने समितिप्रति विरोध जनाएका हुन् ।

महासंघको कपिलवस्तुको तिलौराकोटमा बसेको बैठकले विभिन्न समिति गठन गरिएको थियो भने केही समिति पुनः गठन गर्ने निर्णय गरेको थियो । महासंघका प्रदेश अध्यक्षहरुले संघीयताको मर्म र भावनाविपरीत प्रदेश समितिलाई कमजोर बनाउने गरी विधानविपरीत समिति गठन गरिएको र गर्ने तयारी गरिएको प्रति आफूहरुको ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।

उनीहरुले प्रदेश समितिलाई अंकुश लगाउने गरी गठन भएका र हुने समिति आफूहरुलाई मान्य नहुने पनि बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *