प्रदेश नं. २ : नाम- मधेश, राजधानी- जनकपुर

काठमाडौँ । प्रदेश नं. २ को नाम मधेश भएको छ । सोमबार प्रदेश सभा सचिवालयमा भएको मतदानले प्रदेशको नाम मधेश टुङ्गो लगाएको हो । प्रदेशको नाम मधेशको पक्षमा ८० जना सांसदले मतदान गरेका छन् ।

संविधानअनुसार प्रदेशको नाम टुङ्गिनका लागि दुईतिहाइ प्रदेश सभा सदस्यहरूको समर्थन चाहिन्छ । १०४ सदस्यी प्रदेश २ मा मधेश नामका पक्षमा ८० सदस्यले मतदान गरेका हुन् । जुन प्रदेश सभामा दुईतिहाइभन्दा बढी मत हो ।

सरकारको नेतृत्व गरिरहेको जनता समाजवादी पार्टी (जसपा) सँगै सत्तारुढ माओवादी केन्द्र र विपक्षी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले संयुक्त रूपमा प्रदेशको नाम मधेश प्रस्ताव गरेका थिए । जसपाको ३९, माओवादीका ८ र लोसपाको १६ गरी ६३ जना सांसद थिए । १ सांसद रहेको नेपाल संघीय समाजवादी पार्टीले पनि यसमा समर्थन जनाएको थियो ।

तर अरु दलका १६ सांसदले पनि प्रदशेको नाम मधेश राख्ने प्रस्तावको पक्षमा मतदान गरेका छन् । मधेश नाम स्वीकृत भएपछि अब अन्य नाम स्वतः निष्कृय भएको सभामुख सरोजकुमार यादवले जानकारी दिए ।

यसअघि ३ चैत २०७६ मा भएको मतदान भएपनि प्रदेशको नामाकरण हुन सकेको थिएन । प्रदेशको स्थायी राजधानी जनकपुर पारित भइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *