प्रदेश २ को स्थायी राजधानी जनकपुर

काठमाडाैँ । प्रदेश २ को स्थायी राजधानी जनकपुर ताेकिएकाे छ । सोमबार भएको मतदानमा प्रदेश सभामा उपस्थित कूल ९९ सांसदमध्ये ७८ जनाले यो प्रस्तावको पक्षमा मतदान गरे । याेसँगै प्रदेशकाे राजधानी जनकपुर कायम भएकाे हाे ।

संविधानअनुसार प्रदेशकाे नाम वा राजधानीका लागि दुईतिहाइ सांसदकाे समर्थन चाहिन्छ । ७८ भनेको दुईतिहाइ बढी मत हाे । जबकि, प्रदेश सभामा १०४ सांसदहरू छन् । दोस्रो पटकको प्रयासमा राजधानी कायम भएको हो । यसअघि ३ चैत २०७६ मा मतदान हुँदा पनि राजधानी तोकिन सकेको थिएन ।

प्रदेश २ को राजधानी तथा नामाकरणसम्बन्धी अध्ययन विशेष समितिले स्थायी राजधानीका लागि शुरूमा ७ वटा प्रस्ताव ल्याएको थियो । पछि त्यसलाई परिमार्जन गरी तीनवटा बनाएको हाे । जसमध्ये जनकपुरमा दुईतिहाइ बहुमत मत प्रकट भएको हो ।

प्रस्तावअनुसार अब प्रदेश नम्बर २ को स्थायी राजधानी जनकपुरको केन्द्र भइ उत्तरमा ढलकेबर पूर्वपश्चिम लोकमार्ग, पूर्वमा कमला नदी, पश्चिममा मिथिला माध्यमिक परिक्रमा सडक र दक्षिण नेपालको सिमाना कायम हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *