विराटलाई अनुष्काले भनिन्, ‘तिमीप्रति गर्व छ’

काठमाडौँ । विराट कोहलीकी श्रीमती अनुष्का शर्माले इन्स्टाग्राममा भावुक पोस्ट लेखेकी छिन् । विराटले शनिबार टेस्ट टोली छाड्ने घोषणा गरेका थिए । अनुष्का शर्माले आफ्नो पोस्टमा २०१४ मा विराट कोहलीलाई टेष्ट टोलीको कप्तान बनाएको दिनको पनि स्मरण गरेकी छिन् ।

उनले लेखेकी छिन्, ‘मलाई सन् २०१४ को त्यो दिन याद छ, जब धोनीले टेस्ट क्रिकेटबाट सन्यास लिने निर्णय गरेकाले तिमीलाई कप्तान बनाएको बताएको थियो ।’

‘मलाई याद छ त्यो दिन धोनी, तिमी र म सँगै कुरा गरिरहेका थियौं र ठट्टा गर्दै, हेर तिम्रो दाह्री कति छिट्टै सेतो हुन थाल्छ। त्यो दिन हामी सबै धेरै हाँस्यौं।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *