नेपालमा दैनिक बढ्दै कोरोना संक्रमणको दर

काठमाडौँ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण दरमा वृद्धि भइरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो १४ दिनमा कोरोना संक्रमण दर बढ्दै गएको हो । मन्त्रालयका अनुसार पुस १९ गते करिब २ प्रतिशतमा रहेको कोरोना संक्रमण दर माघ १ गते ३१.८ प्रतिशत पुगेको छ ।

शनिबार १४ हजार ५५६ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ३ हजार ७०३ र एन्टिजेन विधिबाट ९३३ जना गरी ४ हजार ६३६ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । शुक्रबार २० हजार ५६० जनामा गरिएको परिक्षणमा ५ हजार ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबारको भन्दा शनिबार कोरोना संक्रमण वृद्धि दर बढी छ । शुक्रबार संकमण दर २४.७ प्रतिशत थियो भने शनिबार वृद्धि भएर ३१.८ प्रतिशत पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *