भारतसँगको टेस्ट शृंखला दक्षिण अफ्रिकालाई

काठमाडौँ । केपटाउनमा भएको तेस्रो टेस्टमा ७ विकेटले विजयी भएसँगै दक्षिण अफ्रिकाले भारतसँगको टेस्ट शृंखला दक्षिण अफ्रिकाले २-१ ले जितेको छ । तेस्रो तथा अन्तिम टेस्टमा भारतले दिएको २१२ रनको लक्ष्य दक्षिण अफ्रिकाले ३ विकेट गुमाएर पूरा गर्‍यो।

भारतीय टीमलाई यो पटक दक्षिण अफ्रिकी भुमिमा उपाधि दाबेदार मानिएको थियो । जसअनुसार सेन्चुरियनमा भारतले पहिलो टेस्ट जित्दै आश जगाएको थियो। तर जोहान्सबर्गमा दक्षिण अफ्रिकाले ७ विकेटको जित निकाल्दै खेल १-१ को बराबरीमा ल्याएको थियो। अन्तिम तथा निर्णायक सेटमा समेत पराजित भएपछि भारतले १९९२ यता दक्षिण अफ्रिकी भूमिमा उपाधि जित्ने अवसर उपयोग गर्न सकेन ।

तेस्रो टेस्टमा दक्षिण अफ्रिकी खेलाडी कीगन पीटरसनको इनिङ सम्झनायोग्य रह्यो । उनले दुबै इनिङमा राम्रो प्रदर्शन गरे। पहिलो इनिङमा ७२ रन बनाएका उनले दोस्रो इनिङमा ८२ रनको योगदान गरे । सिरिजका कुल ६ इनिङमा उनले ४६ को औषतमा २७६ रन बनाए। जहाँ उनले तीन अर्धशतक प्रहार गरे। उनी सिरिजका टप स्कोरर समेत बनेका छन् ।

केपटाउन टेस्टमा पहिलो इनिङमा भारतले २ सय २३ रन बनाउँदा जवाफमा दक्षिण अफ्रिकाले २१० रन बनाएको थियो। दोस्रो इनिङमा १९८ रन बनाउन सकेको थियो। समग्रमा दक्षिण अफ्रिकाले २१२ रनको लक्ष्य पाएको थियो जुन लक्ष्य सहज रुपमा पुरा गर्दै दक्षिण अफ्रिकाले सिरिज हात पार्यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *