सेञ्चुरी बैंकको ६.०५ प्रतिशत लाभांश पारित

काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंकको ११औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

साधारणसभाले बैंकले लगानीकर्तालाई दिएको ६.०५ प्रतिशत लाभाशं वितरण गर्ने प्रस्ताव परित गरेको छ । बैंकले लगानीकर्तालाई ५.७५ प्रतिशत बोनस सेयर कर प्रयोजनको लागि ०.३० प्रतिशत नगद लाभाश दिने प्रस्ताव गरेको थियो । उक्त प्रस्ताव सभाले पारित गरेको छ ।

सभाले लेखापरीक्षकको प्रतिवेदन सहितआर्थिक वर्ष २०७७/७८ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण बाँडफाड लगायतका प्रतिवेदनपारित गरेको छ ।

सभाबाट बैंकको संस्थापक समूहमाहाल रहेको ५३.४१ प्रतिशत शेयर संरचनालाई ५१ प्रतिशतहुने गरी शेयरधनीहको शेयर संरचना परिवर्तन गर्ने सञ्चालक समितिको निर्णय अनुमोदन गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *