नविल बैंकको ३८ प्रतिशत लाभांश पारित, अध्यक्षमा पुनः पौडेल

काठमाडौँ । नबिल बैंक सञ्चालक समितिको अध्यक्षमा पुनः उपेन्द्रप्रसाद पौडेल चयन भएका छन् । बैंकको केन्द्रीय कार्यालय, तिनधारा, दरवारमार्गमा बिहीबार भएको सञ्चालन समितिको बैठकले उनलाई अध्यक्षमा चयन गरेको हो ।

यस्तै शुक्रबार नै भएको ३७ औं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ३८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । यस मध्ये ३३.६० प्रतिशत बोनस शेयर र ४.४० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

आ.व. २०७७/७८ मा निजी क्षेत्रका बैंकहरुमध्ये उच्चतम मुनाफा रु. ४ अर्ब ५३ करोड हासिल गर्न बैंक सफल भएको छ । बैंकले जेथामा प्रतिफल १५.१९ प्रतिशत र प्रतिसेयर आम्दानी ३३.५७ हासिल गरी आफ्नाे वासलात विस्तार गर्दै रु. २ खर्ब ९१ अर्ब पु¥याएको छ । समीक्षा वर्षको मुनाफाबाट प्रस्तावित बोनस शेयर पश्चात बैंकको पू“जी रु. १८ अर्ब ४९ करोड ६१ लाख ८६ हजार ७ सय ४५ पुगेको छ ।

साधारण सभामा आप्mनो मन्तव्य राख्दै अध्यक्ष पौडेलले नबिल बैंकले नेपालको बैकिङ्ग क्षेत्रलाई आधुनिकीकरण गर्न, देशको व्यवसायीक एवं औद्योगिक गतिविधिहरुलाई गतिशिलता प्रदान गर्न, देशमा रोजगारीका अवसरहरु सिर्जना गर्न सहयोगीको भूमिका निर्वाह गर्न तथा सरकारी कोषमा कर मार्फत योगदान पु¥याउन सफल भएको बताए ।

बैंकले न्यून कार्वन अर्थतन्त्र, दिगो तथा समतामुलक भविष्यको लागि रणनीतिक रुपमा ग्रिन फाइनान्सिङ, क्लाइमेट चेञ्ज फाइनान्सिङमा थप लगानी गर्न प्रतिबद्ध रहेको जनाएको छ ।

बैंकले स्थापनाकाल देखि हालसम्म रू. १६ अर्बभन्दा बढी रकम त देशको राजस्वमा योगदान गरिसकेको छ ।

विगत तीन दशकभन्दा बढी निरन्तर सेवा प्रदान गर्दै नबिल बैंक नेपालको अग्रणी वाणिज्य बैंकको रुपमा स्थापित हुन सफल भएको छ । नबिल बैंकले १३५ वटा शाखाहरु, १८७ वटा एटिएम र १ हजार ५ सयभन्दा बढी नबिल रेमिट एजेन्टहरुका साथमा देशव्यापी रुपमा र विश्वभर धेरै एजेन्टहरु मार्फत सेवा प्रदान गरेर आफ्ना सबै सरोकारवालाहरुसंग संगै अघि बढ्ने जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *