प्रदेश १ मा कोरोना संक्रमितको संख्या बढ्दो

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३७९ जनामा कोरोना संक्रमण भएको छ । ७४३ जनाको पीसीआर परिक्षण गर्दा ३२४ र ३०३ जनाको एन्टिजेन परिक्षण गर्दा ५५ जनामा संक्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको हो । मन्त्रालयका अनुसार सबैभन्दा बढी विराटनगर महानगरपालिकामा कोरोना संक्रमितको संख्या धेरै छ ।

मन्त्रालयका अनुसार पीसीआर परिक्षणका आधारमा मोरङमा १८६, सुनसरीमा ६८, झापामा ४५, इलाममा ४, धनकुटा, खोटाङ र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका १८ जनामा संक्रमण भएको हो । बुधबारबारसम्म ५० जनाको हाराहारीमा संक्रमित रहेको विराटनगरमा शुक्रबार १६४ जना पुगेका छन् । मोरङकै बुढीगंगामा ९, कटहरीमा ३, रंगेली, सुन्दरहरैचा र जहदामा २–२, ग्रामथान, उर्लाबारी , धनपालथान र स्थानीय तह नखुलेका १–१ संक्रमित छन् । सुनसरीको धरानमा ३२, इटहरीमा २५, रामधुनीमा ४, बराहक्षेत्र र दुहवीमा २–२, इनरुवा, गढी र स्थानीय तह नखुलेका १–१ छन् ।

झापाको विर्तामोडमा १७, दमकमा ९, भद्रपुरमा ८, बुद्धशान्ति, शिवसताक्षी र कनकाईमा २–२, अर्जुनधारा, गौरीगञ्ज, मेचीनगर , कमल गाउँपालिका र स्थानीय तह नखुलेका १–१मा संक्रमण देखिएको मन्त्रालये जनाएको छ। इलामको रोङमा २, इलाम नगरपालिका र स्थानीय तह नखुलेका १–१, धनकुटाको धनकुटा नगरपालिका, खोटाङको दिप्रुङ र उदयपुरको बेलकामा १–१ र प्रदेश १ बाहिरका १८ जनामा संक्रमण भएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज २५ जना कोरोना संक्रमण मुक्त भएका छन् । संक्रमण मुक्त हुनेमा ८ महिला र १७ पुरुष रहेका छन् । सक्रिय संक्रमितको संख्या १ हजार १३७ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *