१० महिनापछि भाँडियो हिमालयन र इन्भेष्टमेन्ट बैंकको मर्जर

काठमाडौँ । नेपाल राष्ट्र बैंकको नीति अनुसार बिग मर्जरमा जान लागेका हिमालय बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको मर्जर भाँडिएको छ । मर्जरमा जान सैद्धान्तिक सहमति गरेर प्रक्रिया र छलफल अघि बढाएको १० महिनापछि यी दुई बैंक बीचको मर्जर भाँडिएको हो ।

खास गरी हिमालयन बैंकमा १४ प्रतिशत सेयर स्वामित्व रहेको कर्मचारी सञ्चय कोषले कर र स्वाप रेसियोमा चित्त नबुझेको भन्दै मर्जरमा नजाने अडान लिएपछि उक्त मर्जर भाँडिएको हो । बैंकको सञ्चालक समितिले गत वर्षको वार्षिक प्रतिवेदन पारित गर्न तथा मर्जरको विषयमा निर्णय लिन बोलाएको साधारणसभामा मर्जरमा जान आवश्यक मत नपुगेपछि मर्जर भाँडिएको हो ।

बैंकको सञ्चालक समितिका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ पनि मर्जरको विपक्षमा थिए । अन्य केही सेयर धनीले पनि सम्पत्ति र दायित्व मूल्यांकन (डीडीए)मा चित्त नबुझेको भन्दै मर्जरको विपक्षमा देखिएका थिए ।

सञ्चय कोषले नेपाल इन्भेष्टमेन्टसँगको स्वाप अनुपात १००ः७८ अर्थात् नेपाल इन्भेष्टमेन्टको प्रतिकित्ता ७८ रुपैयाँ हुँदा हिमालयन बैंकको प्रतिकित्ता १०० रुपैयाँ हुनुपर्ने सर्तसमेत राखेको थियो । यसअघि दुई बैंकले मर्जको लागि १ः१ स्वाप रेसियोमा सम्झौता गरेका थिए।

नेपाल इन्भेष्टमेन्ट बैंकले प्रिमियम दरमा जारी गरेको एफपीओमा लाग्ने अधिकतम आयकर र त्यसमा लाग्ने जरिवाना समेत नतिरेको भन्दै भन्दै लिखति पत्र बुझाएको थियो । उक्त पत्रमा २०७८ असारसम्म इन्भेष्टमेन्ट बैंकले ३ अर्ब ४१ करोड ५० लाख रुपैयाँको दायित्व भुक्तानी कोषले जनाएको थियो ।

मर्जरअघि इन्भेष्टमेन्ट बैंकले आफ्ना दायित्व पूरा गर्नुपर्ने र दायित्व भुक्तानी नगर्दा मर्जपछि बन्ने बैंकका सेयरधनीलाई समेत समस्या पर्ने उल्लेख गरेको छ । त्यस्तै महालेखा परीक्षकको कार्यालयले उक्त दायित्व बेरुजु देखाएको भन्दै त्यो राफसाफ गर्न पनि कोषले भनेको छ ।

दुई बैंक मर्जरमा जाने भएपछि दुबै बैंका २८ करोड कित्ता भन्दा बढी सेयरको कारोबार १० महिनादेखि रोकिएको थियो ।

मर्जर नहुने भएपछि अब मर्जर समितिले राष्ट्र बैंकका लागि डिमर्जका लागि पत्र लेख्नुपर्छ । त्यपछि राष्ट्र बैंकले हिमालयन बैंकलाई मर्जर विनियमावलीअनुसार कारबाही गर्छ ।

बैंकलाई लाभांश वितरण गर्न रोक्ने, स्थायी तरलता सुविधा(एसएलएफ), पुनःकर्जा जस्ता सुविधा उपलब्ध नगराउने जस्ता कारवाही गर्न सक्ने व्यवस्था छ । तर, अर्को बैंकसँग मर्जरमा जान सफल भए हिमालयन बैंक कारवाहीबाट बच्न सक्ने व्यवस्था छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *