काठमाडौँ उपत्यकामा २,६०७ जनामा कोरोना संक्रमण

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौंँ उपत्यकामा २ हजार ६ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौँमा १९१३, ललितपुरमा ३७७ र भक्तपुरमा ३१७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा। संगीता कौशल मिश्राले जानकारी दिइन् ।

पछिल्लो २४ घण्टामा देशभर ५ हजार ८७ जनामा कोरोना पुष्टि भएको छ भने तीन जनाको मृत्यु भएको छ । ३०६ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *