रुबिनाले हङकङमा क्रिकेट खेल्ने

काठमाडौँ । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमकी कप्तान रुविना क्षेत्रीले हङकङमा हुने फेयरब्रेक इन्भिटेसनल टी–ट्वेन्टी क्रिकेट प्रतियोगिता खेल्ने भएकी छन् । प्रतियोगिता मे १ देखि १५ तारिखसम्म हुनेछ । उनले कुन टिमबाट खेल्ने भने तय भइसकेको छैन ।

यसअघि नेपाली टोलीकी उपकप्तान सिता राना मगरले पनि यो प्रतियोगितामा सहभागिता जनाउने तय भइसकेको छ । प्रतियोगितामा ६ टिमले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *