क्याम्प बाहिर दीपेन्द्र

काठमाडौँ । चलचित्रकर्मी दीपेन्द्र के खनाल पछिल्लो समय शर्मिला पाण्डेले निर्माण गरेका चलचित्रमा काम गरिरहेका थिए । हालै मात्रै शर्मिलाका छोरा सुरज पाण्डेले निर्देशन गर्ने चलचित्र ‘परस्त्री’ मा समेत उनकै कथा रहेको बताइएको छ ।

‘लभ लभ लभ’ चलचित्रमा हिरोको रूपमा प्रवेश गरेका सुरज अब पनि आमा कै चलचित्र मार्फत निर्देशनमा जम्ने प्रयास गर्दै छन् । सो चलचित्र समेत दीपेन्द्रले नै निर्देशन गरेका थिए । पछिल्लो समय ‘आमा’ सम्म आइ पुग्दा समेत यो टिम छुटेको छैन ।

तर अब भने उनले यो समूह भन्दा बाहिर रहेर काम गर्ने भएका छन् । उनले बुढा सुब्बा ओरिजिनलले निर्माण गर्ने चलचित्र निर्देशन गर्न लागेका हुन् । चलचित्रको स्क्रिप्टको काममा खनाल अहिले व्यस्त छन् । नाम फाइनल नगरिएको चलचित्रमा र्यापर भिटेनको मुख्य भूमिका रहने छ । यो चलचित्र भिटेनले यस अघि अभिनय गर्ने भनेर चर्चा गरिएको ‘रत्नपार्क’ चलचित्र नभएको निर्माण टिमले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *