बतासको बचाउमा महासंघले भन्यो– व्यवसायीको मानमर्दन चिन्ताजनक

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघले नारायणीहिटीमा क्याफे सञ्चालनको विषयमा विवादित बनेको बतास समूहको बचाउ गरेको छ । शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै महासंघले उक्त प्रकरणमा व्यवसायीक समूह बतास अग्रनाइजेशन र यसका सञ्चालक आनन्द बतासको चरित्र हत्या र मानमर्दन भएको भन्दै आलोचना गरेको छ ।

विज्ञप्तिमा भनिएको छ– ‘मुलुकको अर्थतन्त्रमा ७० प्रतिशत भन्दा बढि हिस्सा राख्ने निजी क्षेत्रमाथि एकतर्फी रुपमा भइरहेको चरित्र हत्या र मानमर्दनप्रति नेपाल उद्योग वाणिज्य महासंघ चिन्ता व्यक्त गर्दछ । पछिल्लो समय नारायणहिटी संग्रहालयमा क्याफ्टेरिया संचालन सम्बन्धी विवादमा बतास अर्गनाइजेसनमाथि भइरहेको एकतर्फी प्रहारप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।’

बतास अर्गनाइजेसनले सरकारले आव्हान गरेको टेन्डरमा कानूनी रुपमा सहभागि भई आवश्यक भाडा बुझाउने शर्तमा क्याप्mटेरिया संचालनको अनुमति पाएको भन्दै महासंघले बचाउ गरेको छ ।

‘स्पष्टीकरणको मौकासमेत नदिई निर्माणाधीन संरचना भत्काइनु कदापी न्याय संगत होइन,’ महासंघले विज्ञप्तीमा भनेको छ ।

यसैबीच  यसअघि शुक्रबार नै आनन्द बतासले समेत विज्ञप्ती जारी गरेर सञ्चार माध्यमले आफ्नो प्रतिक्रिया सम्प्रेषण गरिदिएको भन्दै धन्यवाद दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *