‘पुष्पा’ हिन्दी भाषामा अमेजन प्राइममा रिलिज

काठमाडौँ । दक्षिण भारतीय चलचित्र ‘पुष्पाः द राइज’को हिन्दी भर्सन ओटीटी प्लेटफर्म अमेजन प्राइम भिडियोमा रिलिज गरिएको छ । तेलुगू भाषामा बनेको यो चलचित्र तमिल, मलयालम, कन्नड र हिन्दी भाषामा डब भर्सनमा उपलब्ध छ ।

साउथ सुपरस्टार अल्लु अर्जुन र रश्मिका मन्दानाको मुख्य भूमिका रहेको ‘चलचित्र निर्देशन सुकुमारले गरेका हुन् । हिन्दी बाहेक अन्य भाषामा भने यो चलचित्र एक साताअघि नै प्राइम भिडियोमा रिलिज भइसकेको थियो ।

गत जनवरी ७ मै ‘पुष्पा’लाई हिन्दीमा समेत ओटीटीमा रिलिज गर्ने तयारी भए पनि बक्स अफिसमा राम्रो व्यापार गरिरहेकोले चलचित्रका निर्माताले एक सातापछि मात्र प्रसारण गर्न आग्रह गरेका थिए । यो चलचित्र डिसेम्बर १७ देखि हलमा प्रदर्शनमा आएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *