माओत्से र स्वस्तिमा अभिनीत दक्षिण भारतीय चलचित्रको ट्रेलर सार्वजनिक

काठमाडौँ । स्वस्तिमा खड्का र माओत्से गुरुङलगायत नेपाली कलाकार अभिनीत दक्षिण भारतीय चलचित्र ‘थिरिमाली’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा स्वस्तिमाको आइटम डान्स देख्न पाइन्छ भने सोही दृश्यमा माओत्सेलाई समेत देखाइएको छ ।

त्यस्तै नेपालका विभिन्न भूभागलाई समेत ट्रेलरमा समेटिएको छ । राजीव सेट्टीको निर्देशनमा तयार भएको चलचित्रमा विपिन जर्ज र धर्माजन बोलगाटी मुख्य भूमिकामा छन् । नेपाल घुम्न आएका दुई व्यक्तिको कथामा यो चलचित्र बनेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *