विक्रमको अलराउन्ड प्रदर्शनमा आर्मी विजयी

काठमाडौँ । प्रधानमन्त्री कप टी-ट्वेन्टी क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मीले सुदूरपश्चिम प्रदेशलाई ३ विकेटले हराउँदै सेमिफाइनल संवभावना कायमै राखेको छ । सामान्य लक्ष्य भेट्टाउन पनि संघर्ष गर्नु परेको आर्मीका लागि विक्रम शोवको अलराउन्डर प्रदर्शन मूख्य हतियारका रुपमा रह्यो ।

शुक्रबार मुलपानिमा भएको खेलमा सुदूरपश्चिमले ११६ रनको लक्ष्य दिएको थियो । आर्मीले उक्त लक्ष्य २० ओभरमा ७ विकेट गुमाएर पुरा गर्‍यो । अन्तिम बलमा जितका लागि २ रन चाहिएको अवस्थामा सहाव आलमले छक्का प्रहार गर्दै आर्मीलाई विजयी बनाएका थिए।

टस हारेर पहिलो ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ११५ रन बनायो । उसका लागि खडक बोहोराले ३७, बसन्त कार्कीले ३४ र अर्जुन साउदले १५ रन बनाए । आर्मीका विक्रम शोवले ४ ओभरमा ८ रन खर्चिएर ६ विकेट लिए।

१ सय १६ रनको लक्ष्य पछ्याएको आर्मीका लागि ब्याटिङमा पनि विक्रमको प्रदर्शन महत्वपूर्ण रह्यो । उनले २२ बलमा २९ रनको अविजित इनिङ खेले । हरि चौहानले ३३ रन बनाए । सहाव अलाम ६ बलमा १२ रन बनाउँदै अविजित रहे। सुदूरपश्चिमका आदित्य महताले ४ विकेट लिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *