लगातार तेस्रो जितसँगै पुलिस क्लव सेमिफाइनल नजिक

काठमाडौँ । प्रधानमन्त्री कप टी-ट्वेन्टी क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लवले लगातार तेस्रो खेलमा जित निकालेको छ । शुक्रबार कीर्तिपुरमा भएको खेलमा पुलिसले कर्णाली प्रदेशलाई ८९ रनले पराजित गर्दै आफूलाई समुह ए को शिर्ष स्थानमा कायमै राखेको हो ।

टस जितेर पहिलो ब्याटिङ गरेको पुलिसले कुशल भुर्तेल र दिपेन्द्रसिंह ऐरीको बिष्फोटक ब्याटिङमा निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २४४ रन बनाएको थियो । जवाफमा कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १५५ रन मात्र जोड्न सक्यो ।

कर्णालीका लागि प्रकाश जैशीले ४७ बलमा ६८ रन बनाए पनि टीमको हार टरेन । प्रकाश बाहेक अन्यको प्रदर्शन भने निरासाजनक रह्यो। दिवन पुन १७ रनमा अविजित फर्किँदा दिनेश अधिकारी र मनिष थापाले समान १५-१५ रन बनाए। पुलिसका लागि दिपेन्द्रसिंह ऐरी र योगेन्द्र सिंह कार्कीले २-२ विकेट लिए। अघि पुलिसलाई उच्च स्कोरमा पुर्‍याउन ओपनर कुशलले ३९ बलमा ९ चौका र ३ छक्काको सहयोगमा ८२ र दिपेन्द्रले २८ बलमा ९ चौका र २ छक्काको सहयोगमा ६२ रन बनाएका थिए।

यस्तै पवन सर्राफले २२ रन बनाउँदा आरिफ शेख ९ बलमा १८ रन बनाएर नटआउट रहे। यस्तै दिलिप नाथले १० बलमा ३१ रनको नटआउट इनिङ खेले। कर्णालीका अनुज चुनरा, प्रकाश जैशी र रविन्द्र शाहीले समान २-२ विकेट लिएका थिए। जितसँगै शिर्ष स्थानमा कायमै रहेको पुलिस प्रतियोगिताको सेमिफाइनल प्रवेशको नजिकै पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *