‘ए मेरो हजुर ४’ को टिजर सार्वजनिक

काठमाडौँ । अनमोल केसी र सुहाना थापा अभिनीत चलचित्र ‘ए मेरो हजुर ४’ को टिजर सार्वजनिक भएको छ । टिजरमा अनमोल र सुहानाबीचको प्रेम, रोमान्स र बिछोडलाई देखाइएको छ । पटक पटक प्रदर्शन मिति परिवर्तन गर्दै चलचित्र वैशाख १ गतेबाट प्रदर्शनमा आउने बताइएको छ ।

सुहाना इन्टरटेन्मेन्टको प्रस्तुति र सुनिल कुमार थापा प्रोडक्सनले निर्माण गरेको चलचित्र झरना थापाले निर्देशन गरेकी हुन् । चलचित्रमा झरनाको कथा रहेको छ भने पटकथा र संवादमा उनलाई छेतेन गुरुङ, मन्दिप गौतम, बाबुराम दाहाल, प्रतीक पौडेल, उपकार पाण्डे र माधव शर्माले सघाएका छन् । चलचित्रमा सलोन बस्नेतको समेत मुख्य भूमिका रहेको छ ।

सुनिल कुमार थापाले निर्माण गरेको चलचित्रमा सञ्जय लामाको छायांकन, हिमाल केसीको द्वन्द्व निर्देशन, वसन्त सापकोटा, प्रतीक पौडेल, कल्याण सिंह र आशिष अविरलको संगीत, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी तथा मित्र डी गुरुङको सम्पादन रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *