सुदूरपश्चिममा इम्बोस्ड नम्बरमा फेरबदल गरिने

धनगढी । सुदूरपश्चिम प्रदेशमा गाडीको इम्बोस्ड नम्बरमा राखिने अंग्रेजी नाममा फेरबदल गरिने भएको छ । विहीबार बसेको सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषदको बैठकले भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत आएको प्रस्ताव अनुसार प्रदेशको गाडीको इम्बोस्ड नम्बरमा राखिने अंग्रेजी नाममा फेरबदल गरिने भएको हो ।

प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले प्रदेशका इम्बोस्ड नम्बरमा राखिने अंग्रेजी नाममा फेरबदल गर्ने निर्णय गरिएको जानकारी दिइन् । ‘इम्बोस्ड नम्बर (नम्बर प्लेट)मा लेखिने नम्बरमा सुदूरपश्चिम लेख्दा १३ नम्बर हुन आउँछ’ उनले भनिन ‘यातायात व्यवस्था विभागको सिस्टममा नौ अक्षरमात्र अटाउने रहेको छ । विभागको सिस्टममा इम्बोस्ड नम्बर अटाउनका लागि अंग्रेजी नाम फेरबदल गरिएको हो ।’

उनका अनुसार अब प्रदेशका गाडीमा राखिने नम्बर प्लेटमा ‘क्यापिटलमा एसयु.पिए’ लेखिने छ । बैठकले प्रदेशभित्रका १४ वटा विशेष र २५ वटा समपूरक आयोजनाहरु छनौट गरि आयोगलाई सिफारिस गर्ने, प्रदेश सभा सदस्य नेपालु चौधरी र अक्कलबहादुर रावललाई औषधीउपचार खर्च उपलब्ध गराउने, सार्वजनिक कार्यालयका लागि जग्गा उपलब्ध गराउने जग्गा दाताले लिखित पारित गराउँदा लाग्ने दस्तुरमा ५० प्रतिशत छुट गर्ने र प्रदेशको उच्च विद्यालयको सम्भाव्यता अध्ययन गर्न गठन गरिएको कार्यदलको समयावधि थप गर्ने निर्णय पनि गरिएको प्रवक्ता जोशीले बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *